
चलचित्र रामकहानी आजबाट प्रर्दशनमा आउने भएको छ । आजबाट देशभरका हलमा एकसाथ रिलिज हुने फिल्म हेर्न निर्माण यूनिटका सदस्हरु पनि सँगै काठमाडौँका हल हलमा जाने भएका छन् । चलचित्र फ्लोरमा गएदेखि नै प्रचार प्रसारमा ब्यापक समय दिएको टिमले प्रर्दशन अगाडीसम्म गरेको आक्रामक प्रचारको रणनीति अनुरुप नै साताभरी नै गर्ने निर्माता तथा निर्देशक सुर्दशन थापाले जानकारी दिए ।यसैबिच बिहिबार चलचित्रको प्रचार प्रसारमा लागेको रामकहानी निर्माता निर्देशक सुर्दशन थापाले प्रचार प्रसारकै क्रममा काठमाडौँको नयाँ बसपार्कमा अवस्थित बसपार्कमा केक काटेर आफ्ना दर्शकका अगाडी जन्मदिन मनाएका थिए । यसअघि बिहिबार नै चलचित्र यूनिटले काठमाडैँको बसपार्क, बानेश्वर लगायतका स्थानमा भब्य कार्यक्रम गर्दै चलचित्रको प्रचार प्रसार गरेका थिए ।
सो अवसरमा चलचित्रका पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जीतु नेपाल लगायतका कलाकारहरुको बाक्लो उपस्थि देख्न सकिन्थ्यो ।
विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ, सोवित बस्नेत लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको फिल्मकी निर्मात्री हुन् अभिनेत्री पूजा शर्मा ।
पूजा र सुर्दशनले निर्माण गरेको चलचित्रमा अभिनेता आकाश श्रेष्ठको अभिनययको खुलेर तारिफ गरिएको छ । चलचित्र “राम काहानी” ले आफ्नो चलचित्र प्रचार प्रसारलाई तिब्र बनाउदै राजाधानिमा बिभिन्न कार्यक्रम गरी यसलाई तिब्रताका साथ बढाएका बेला चलचित्रले दर्शकमा कौतुहलता बढाएको छ ।
Comments
Post a Comment