रोल्पामा गोली चल्यो, तरुण दलका नेताको मृत्यु


रौल्पा। रोल्पाको सुलीचौरमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। सुनिल स्मृति गाउँपालिकको सुलीचौरमामा गोली चलेको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट रोल्पा नगरपालिका तरुण दलका नगर अध्यक्ष रोहित पुनको निधन भएको प्रहरीले बताए छ। प्रहरीका अनुसार रोल्पा नगरपालिका–१० घर भएका देव बहादुर घर्तीमगरले अटो लोडेड पेस्तोलबाट पुनमाथि गोली चलाएका हुन्।

गोली चलाउने घर्तीमगर पूर्व माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। गोली प्रहार गर्नुको कारणका बारेमा अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ।

Comments