गर्भावस्थामा किन हुन्छ मानसिक समस्या ?



गर्भावस्था र प्रसूती आफैमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुजि्रनुपर्ने हुन्छ । भनिन्छ, बच्चा जन्माइसकेपछि महिलाहरुमा मानसिक समस्या देखिन्छन् ।

हालैको एक अध्ययनले बच्चा जन्माईसकेपछि बिश्वका २० प्रतिशत महिलामा मानसिक समस्या देखिने गरेको बताएको छ । त्यस्तै, गर्भवति भएका विश्वका ८० प्रतिशत महिला छोटो समयसम्म सामान्य मानशिक समस्यामा हुन्छन् ।११ देखि २० प्रतिशत महिलालनई पार्टम डिप्रेसनको समस्या हुन्छ । प्रायले गर्भावस्थाको समयमा महिलामा हुने डिप्रेसनको प्रमुख कारण हर्मोन परिवर्तनलाई मान्छन् । तर, यसबाहेक परिवर्तित जीवनशैली, आमा बन्दैछु भन्ने डर, उत्सुक्ता, उदासीनता, निरासापन, तनाबजस्ता विभिन्न कारणले यसमा भूमिका खेलिरहेको हुन्छ ।

Comments