श्रीमान–श्रीमतीले सँगै बसेर मदिरा पिएपछि…


कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ टुडिखेल सिङ्गापुरका ४५ वर्षीय चन्द्र पुनमगरले ३५ वर्षीया आफ्नै श्रीमती बिमला पुनमगरको बञ्चरो प्रहार गरी हत्या गरेका छन्।

शुक्रबार राति ७ बजे मदिराको नशामा रहेका मगरले श्रीमतीसँग विवाद हुँदा बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। मगरको घर परिवारलाई उद्धृत गर्दै उनले भने, “श्रीमान श्रीमतीलेसँगै मदिरा सेवन गरेपछि विवाद भयो। आवेशमा आएर चन्द्रले श्रीमतीलाई बञ्चरो प्रहार गरे।”

श्रीमतीको हत्या गरेर मगर राति नै भारततर्फ फरार भएको र खोजतलासको कार्य जारी रहेको उनले बताए। भीमदत्तनगर बजारभन्दा झण्डै ४० किलो मिटर उत्तरतर्फ चुरेको विकटमा बस्ती रहेकाले हत्या बारे प्रहरीले शनिवबार बिहान मात्रै जानकारी पाएको थियो।

घटना स्थलबाट शव पैदल नै बाकेर १० किलो मिटरको यात्रा तय गर्नुे अवस्था रहेको छ।

Comments