२८ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराज पन्त र आमा दूर्गादेवी पन्त अहिले काठमाडौंमा छन् । उनीहरुले निर्मलाको शव दबावमा परेर जलाइएको बताएका छन् । शव जलाउन दबाव दिने डोटीका तीर्थराज भण्डारीको भूमिकामाथि सत्यतथ्य छानविन हुनुपर्ने निर्मलाका पिताले माग गरेका छन् ।
नाताले सालो पर्ने तीर्थराज भण्डारीले डोटीबाट कञ्चनपुर झरेर निर्मलाको शव जलाउन एसपी र सिडिओसँग मिलेर धम्कीपूर्ण दबाव दिएको भिनाजु यज्ञराजको गुनासो छ । ‘हामीले सत्यतथ्य बुझ्नुपर्छ, त्यसले (तीर्थराजले) किन वीचमा आएर लास उठाउनलाई जोड गरेको छ ?’ छोरीका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौं आएका यज्ञराजले तीर्थराजका बारेमा पत्रकारसँग भने, ‘त्यो नेतागिरी गर्छ । त्यो अहिलेसम्म हामीलाई भेट्न आएको छैन । मैले फोन गर्दा आउँछु भन्यो, आएन । एक महिनासम्म फोन स्वीच्ड अफ भयो ।’
Comments
Post a Comment