दाङको घोराही उप–महानगरपालिका–१२ बस्ने २१ वर्षीय जुनकुमार बुढा अवैध पेस्तोलसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बुढालाई घोराही उप–महानगरपालिका–१३ बाट नियन्त्रणमा लिएको बताइएको छ ।
दाहिने कम्मको पाईन्टमा च्यापेर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको रिभल्वर पेस्तोल होम मेड रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसैबीच, आईएमओ बाट २५ लाख चिट्ठा पर्यो भनी ठगी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।
चिट्ठा परेको भनी जानकारी गराउने र कन्फर्म गर्नका लागि बैंक म्यानेजरलाई फोन गर्नुस् भनेर उनीहरुले आफ्नै ग्याङको मान्छेको फोन नम्बर दिएर उनीहरुले ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Comments
Post a Comment