फुजेल हत्या काण्डका १२ जनालाई अदालतले दियो सफाई



काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्वन्धी प्रकरणमा आज आइतबार चितवन जिल्ला अदालतले फैसला सुनाएको छ।

जिल्ला अदालतले फुजेल काण्डमा छविलाल पौडेलसहित १२ जनालाई सफाइ दिएको छ । मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासबाट १३ प्रतिवादीमध्ये १२ जनाले सफाई पाएका छन्।

जिल्ला अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तका अनुसार डिल्लीबजार कारागारमा रहेका १२ जनाले सफाइ पाएका हुन्। कृष्णप्रसाद अधिकारीको २०६१ सालमा चितवन रत्ननगरमा आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला अपहरणपछि हत्या भएको थियो। मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए।

हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै उनका बाबु नन्दप्रसाद र आमा गंगामाया पटक–पटक अनसनमा बस्दै आएका थिए। छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भए। केही महिना अघि आमा गंगामायाले अनशन तोडिकी थिइन्।

Comments