बलात्कारका घटना हुन नदिन सबैलाई प्रधानमन्त्रीद्धारा गम्भिर बन्न आह्वान



प्रधानमन्त्री केपी ओलीले बालिका बलात्कारलगायतका घटना हुन नदिन सबैलाई गम्भिर बन्न आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले बालिका बलात्कार, महिला ंिहँसालगायतका घटनालाई सरकारको कमजोरीको रुपमा मात्रै लिन नहुने पनि स्पष्ट पार्नु भयो । उहाँले दिनदिनै बालिका बलात्कारलगायतका घटनाबाट नेपाली समाज अधोगतितर्फ उन्मुख भएको संकेत देखिएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न सिंगो समाजलाई गम्भिर बन्न पनि आग्रह गर्नु भयो ।

आईतबार सिंहदरबारमा संविधान दिवस, मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्म अनुशासनको माध्यामबाट मुलुकमा हिंसा, हत्या, बलात्कारलगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुन पनि आग्रह गर्नु भयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि जातीय हिंसा भड्काउन कोसिस भईरहेको उल्लेख गर्दै सचेत रहनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले सामाजिक चेतनाको माध्यामबाट समाजलाई भड्काउन खोज्ने तत्वहरुलाई निष्तेज पार्न पनि मातहतका निकायलाई सचेत गराउनु भयो ।

Comments