भदौ । गोपीृकष्ण हलमा प्रतिभाशाली दुई बालकहरु भेटिएका छन् । दाङ्गबाट काठमाडौं आएका जनक गन्धर्व र बिराज गन्धर्व ३ महिना भयो । अशक्त भएका आमा बुवा दुवैलाई पाल्नका लागि उनीहरुलाई कमाउनका लागि काठमाडौंमा आएका हुन् ।
स्कुल जाने उमेरमा बाटो र गाडीमा सारंगी बजाउँदै हिड्ने यी दुई बालक पनि स्कुल जान चाहन्छन् तर पढाउने कस्ले ? अशोक दर्जी जस्तै ठुलो गायक बन्न चाहन्छन्, बिराज र जनक । आमा बुवालाई सुख दिन चाहन्छन् ।
एक युट्युव च्यानललाई अन्तर्वार्ता दिदै यी दुई युवकले भिटेनको ¥यापदेखि अशोक दर्जीको गीत, अनि प्रकाश सपुतको ‘बोल माया’ पनि सुनाए । उनीहरुलाई सहयोग गर्न चाहनेले भिडियोमा भएको नम्बरमा सम्पर्क गर्न सकिने बताईएको छ ।
Comments
Post a Comment