
(भदौ २९, काठमाडौं) । सरकारले आइतबार सार्वजनिक बिदा दिइएको छ ।
अटवारी पर्वका अवसरमा प्रदेश नम्बर ७ बसोबास गर्ने चौधरी समुदायलाई सरकारले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
यो विदा प्रदेश नम्बर ७ लाइ मात्र दिइएको हो । अरु प्रदेशमा भने सार्वजनिक बिदा हुने छैन ।
हेर्नुहोस् प्रदेश ७ सरकारले जारी गरेको सूचना ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट जारी गरिएको सूचना
यहि भाद्र ३१ गते आईतबार प्रदेश ७ को महत्वपूर्ण पर्व अँटबारी परेकोले सो दिन यो प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने भनि प्रदेश सरकार मन्त्रिपरिषद्, प्रदेश नं ७ को मिति २०७५|०५|२८ बाट निर्णय भएकाले सम्वन्धित सबै सरोकारवालाहरुमा जानकारीको लागि अनुरोध गरिन्छ ।
Comments
Post a Comment