१५० कमाण्डो सहित काठमाडौं आईपुगेका प्रधानमन्त्री मोदीलाई बल्ल बदला लियो नेपालले


काठमाडौं: बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। मोदी बिहीबार बिहान विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।

प्रधानमन्त्री मोदीलाई सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गरे। पहिले जस्तो प्रधानमन्त्री र राष्ट्रपति बाट स्वागत पाउँदै आएका मोदीले यसपाली भने उपप्रधानमन्त्रीले स्वागत गरे ।

मोदी विमानस्थलबाट बिम्स्टेक चौँथो शिखर सम्मेलनस्थल होटल सोल्टी जानेछन्। बंगलादेशका प्रधानमन्त्री र थाइल्यान्डका राष्ट्रपति बाहेक अन्य सदस्य राष्ट्रका राष्ट्राध्यक्षहरू काठमाडौं आइसकेका छन्। काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्त पारिएको छ।

Comments