निर्मला पन्त हत्याप्रकरण: निलम्बित एसपी विष्टका छोराको आयो यस्तो लिखित जवाफ


काठमाडौं । कञ्चनपुरकी १३४ बर्षीय निर्मला पन्त हत्याप्रकरणमा संलग्न भनिएका निलम्बित कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले आफू उक्त घटनामा संलग्न नभएको लिखित जवाफ दिएका छन् ।

विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचारप्रसार भएको कुरा निराधार, तथ्यहिन, भ्रामक समाचार प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएकोले आधिकारिकता पुष्टि नभई प्रमाणबिना प्रसारण नगर्न अनुरोध गर्दछु ।’

साथै उनले आफू साउन १० गते जन्मदिन मनाउन व्यस्त रहेकाले बम दिदी बहिनीलाई नचिन्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘बम सिस्टर र मेयरको भतिजा भनिएका व्यक्तिहरु कसैलाई नचिन्ने र कुनै सम्बन्ध नरहेको । म एसपी विष्टको छोरा मात्र नभई नेपालको नागरिक र एउटा सर्वसाधारण पनि भएको नाताले प्रोफेसनल कुरालाई परिवारसँग नजोड्न अनुरोध गर्न चाहन्छु ।’

हेर्नुहोस एसपी विष्टका छोराले जारी गरेको आफ्नो धारणाः

Comments