नेपालि गीत संगीतको बजार खस्किदै गईरहेको बेलामा कलाकारहरुले रेट भने धमाधम बढाइरहेका छन्।
पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल तथा लोकदोहोरीकि नायिका रश्मि तामाङले एउटा भिडियोमा अभिनय गरेको चालिस हजार लिएकी छन ।
केहि दिन अघि मात्र अनलाईन मार्फत उनिले एउटा भिडियो खेलेको चालिस हजार लिने बताएकी थिइन् ।
गोपाल नेपाल जी एम को नया गीत “मेरो माया उल्का भो” नामक गीतमा अभिनय गरेको चालिस हजार लगेकी छन् ।
गोपाल नेपाल जी एमको शब्द संगीतमा तयार भएको मेरो माया उल्का भो गीत मा चर्चित गायक गोपाल नेपाल जी एम र गायिका झुमा डाँगीको आवाजमा तयार भएको छ ।
अहिलेका चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई छायांकार प्रकाश खड्काले छायांकन गरेका छन् ।
मिलन बि क को सम्पादनमा तयार भएको भिडियोमा गायक गोपाल नेपाल जी एम र रश्मि तामाङले अभिनय गरेका छन् ।
उक्त गीतलाई लेकबेशिका भाकाहरुको तर्फबाट सफलताको शुभकामना छ ।
हेर्नुहोस भिडियो
Comments
Post a Comment