काठमाडौं: आइतबार राति १२ बजेबाट मात्र लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो।
अब पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ । त्यसै गरि डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैंया थियो भने डिजेल र मट्टीतेल ९३ रुपैँया कायम थियो।
यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको निगमले जनाएको छ।
तर खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ।
Comments
Post a Comment