मनमा जति सुकै पीर भए पनि दुःखलाई सुखमा बदलेर खुशीका साथ तीज मनाउन आग्रह गर्दै बाहिरियो यस्तो गीत - हेर्नुहो
काठमाडौँ । लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘तीजको बेला नाच बरिलै’ बोलको गीत बजारमा ल्याउनुभएको छ ।
गीतमा गायक बराइलीले मनमा जति सुकै पीर भए पनि वर्ष दिनको चाड तीजका बेला दुःखलाई सुखमा बदलेर खुशीका साथ मनाउन आग्रह गर्नुभएको छ ।
गायक बराइलीको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा चर्चित गायिका पूर्णकला विसीले स्वर दिनुभएको छ ।
मल्लाजी म्युजिक प्रालिले मार्फत बजारमा आएको सो गीतमा गायक तथा निर्देशक प्रकाश बराइलीको निर्देशन, वीरेन्द्र भाट विपीनको छाँयाकन र उदिराम खड्काको सम्पादन रहेको छ ।
यसअघि गायक बराइलीका बाबा विश्वकर्मा, बोलाइ पासो भो, जिउन सिकायो, पर्वते ठिटो र जालैजोलगायत दर्जन गीत बजारमा उपलब्ध छन् ।
Comments
Post a Comment