योनीमा पाइने ल्याक्टिक अम्लबाट मदिरा



तपाईले अहिलेसम्म कति प्रकारका बियरहरु खानुभएको छ । पक्कै पनि धेरै ओटा ब्रान्ड चाखिसक्नुभएको होला । तर आज सम्म महिलाको यौनाङ्गको ब्याक्टेरियावाट बनेको मदिरा त पक्कै पनि पिउनुभएको छैन होला ।

अचम्ममा नपर्नुस पोल्याण्डको एक बियर उत्पादक कम्पनीले दुनियामै अहिलेसम्मै नभएको बियर उत्पादन गरेको छ । यो बियरमा जुन तत्व पाइन्छ, त्यो सायद पेय पदार्थमा मिसाएर खाने कल्पना कसैले गरेको हुदैनन् । पोल्याण्डको बियर कम्पनी द अर्डर अफ योनीले योनी बियर बजारमा ल्याएको छ । यो बियरको नाम मात्र होइन, साँच्चीकै योनीमय छ । यसमा महिलाको योनीमा पाइने ल्याक्टिक अम्ल पाइन्छ ।

यस बियरमा दुईजना हट सुन्दरी मोडलहरु पाउलिना र मोनिकाको यौनांगका ब्याक्टेरियाहरुको प्रयोग गरिएको बताईएको छ । महिला डाक्टरहरुले ती मोडेलका यौनांगबाट योनीरस निकाल्छन् र त्यसलाई प्रयोगशालामा लगेर त्यसबाट बियर उत्पादनका लागि आवश्यक ल्याक्टिक एसिड ब्याक्टेरिया छुट्टाइन्छ । बोटल्ड लस्ट र बोटल्ड प्यासन नामबाट । दुबैमा ८ प्रतिशत अल्कोहल छ ।



योनी बियरका बारेमा कम्पनीले फेसबुक मार्फत पहिलोपटक सार्वजनिक गरेको थियो । यसको विषयमा कतिपयले यसको विरोध गरेका छन् भने कतिपयले रमाइलो मानीरहेका छन् । यो बियर पहिलोपटक चाख्ने एकजना व्यक्तिले चाहीँ प्रचार गरिएको जस्तो स्वाद यसको नरहेको टिप्पणी गरेका छन् ।

Comments