काठमाडौं : नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाएको विरोधमा राजधानीमा एक युवाले नाङ्गै प्रदर्शन गरेका छन्। अनामनगरस्थित हनुमानथान अगाडि नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदर माग गर्दै प्रदर्शन गरिएको हो ।‘जनावर सबै एक हुन्, कानुन सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’, लेखिएको प्लेकार्डसहित ती युवा नाङ्गै सडकमा उत्रेका हुन् ।आफूलाई पशु अधिकारकर्मी बताउने बिपिन लिम्बूले एक्कासी कपडा खोलेर सडकमा उत्रिँदै प्रदर्शन गरेको सिंहदरबार बृत्तका डिएसपी काजीकुमार आचार्यले जानकारी दिए । उनलाई प्रहरीले तत्कालै पक्राउ गरिसकेको उनले बताए । नाङ्गै प्रदर्शन गर्ने युवालाई अहिले सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ ।

Comments
Post a Comment