अशोकको आमा रोइन् टंकको पनि आखाँँ रसायो, अशोक सम्पूर्ण परिबार मिडियामा (भिडियो)

युट्युबबाट भाइरल बनेका बालगायक अशोक दर्जीको घर निर्माण भएसँगै आज हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भएको छ। छाप्रोमा बस्दै आएको अशोकको परिवार अहिले पक्की घरमा सरेका छन् ।
अशोकको क्षमतालाई गायक तथा संगीतकार टंक बुढाथोकीसहितका व्यक्तिहरूले बाहिर ल्याए । उनको आर्थिक तथा पारिवारिक अवस्था सार्वजनिक भएसँगै विभिन्न व्यक्तिहरूको सहयोगमा झापामा घर बनाउन सम्भव भएको हो।
अशोक दर्जीको घर निर्माण समितिले आज दमकमा बिभिन्न सेलिब्रेटीको उपस्थितिमा अशोक दर्जीको परिवारलाई घर हस्तान्तरण गर्ने कार्यक्रम हज्जारौँको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा अशोक दर्जीका साथै बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, नायक सबिन श्रेष्ठ, निर्देशक शोभित बस्नेत, पत्रकार ऋषि धमला, गायक तथा संगीतकार टंक बुढाथोकी, बाल गायक ए.आर.बुढाथोकी साथै डि.जे. रूपकको उपस्थितिमा बिभिन्न प्रस्तुती दिएका थिए । घर हस्तान्तरण कार्यक्रमका लागि ठूलो स्टेज बनाईएको थियो ।

Comments