नेपालकै पहिलो कलंकीको अण्डरपास रोड सञ्चालन भएको एक हप्ता नबित्दै पुन: बन्द, आखिर किन ?



काठमाडौं,५ भदौ । नेपालकै एक मात्र कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नवित्दै बन्द भएको छ ।

साउन पहिलो सातादेखि सञ्चालनमा आउने भने पनि काम नसकेको हुदा यहि भदौ १ गते देखि परीक्षणका लागि सञ्चालन गरिएको भएपनि निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले बुधबार अण्डरपास बन्द गरेको हो ।

आयोजनाले एक सातापछि पुनः अण्डरपास सञ्चालन गर्ने जानकारी गराएको छ । अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुनः बल्झिएको छ । यसको लम्बाई ८०० मिटर र ४ लेनको सडक हुनेछ ।

Comments