
हिन्दु धर्म शास्त्रअनुसार कर्म फल दाता शनिदेवको मानव जातीहरुमाथी सधै दृष्टि रहने मान्यता रहेको छ । ज्योतिषमा शनिदेवलाई न्यायको देवता पनि मानिएको छ । यदि कुण्डलीमा शनि अशुभ स्थितिमा रहेका छन् भने व्यक्तिले अनेक थरीका समस्याहरु झेल्नु पर्दछ । शनिबारको दिन शनिदेवको हुने गर्दछ । त्यसैले शनिको नजरबाट बच्नको लागी शनिबारको दिन केहि कार्यहरु गर्न मनाही गरिएको छ ।
१. शनिबारको दिन दान गर्नु शुभ मानिन्छ । यस दिन गरीबको अपमान गर्नु हुदैन किनकि शनिदेव गरीबहरुमा विशेष ध्यान दिनुहुन्छ ।
२. शनिबारको दिन तेल किन्नु हुदैन तर यस दिन तेल दान गर्दा शुभ हुने गर्दछ ।
३. शनिबारको दिन कोहीबाट पनि जुत्ता-चप्पल उपहारमा लिनु हुदैन । गरी लाई यस दिन जुत्ता-चप्पल दान गर्नाले शनि दोष हट्ने गर्दछ ।
४. शनिबारको दिन फलामको वस्तु दान गर्नु शुभ हुने गर्दछ ।
५. यदि तपाई शनिदेवको कृपा चाहनुहुन्छ भने शनिबारको दिन बिर्सिएर पनि फलाम या फलामबाट बनेको सामान घर नल्याउनुहोस् ।
यो पनि जनिराख्नुहोस :
अपार धन प्राप्तीको लागी श्रीगणेशको यो चमत्कारिक मन्त्र ! (जप्नैपर्ने)
हरेक दिन जप्नुहोस् श्री गणेशको मन्त्र र पाउनुहोस् अपार धन ।
श्री गणेशको आराधनालाई लिएर केही यस्तो तथ्य रहेका छन् जसबाट तपाई अहिलेसम्म अन्जान हुनुन्छ । यी कुराहरु थाहाँ पाए पछि तपाई दुईगुना श्रद्धा र भक्तिको साथ श्रीगणेशको आराधनामा जुट्नु हुनेछ। यदि तपाई अपार धन पाउने चाहना राख्नु हुन्छ भने भगवान श्रीगणेशलाई केहि विशेष मन्त्रले अभिषेक गर्नुहोस्। यहाँ पाठकको लागी प्रस्तुत छ भगवान श्री गणेशको चमत्कारिक धन मन्त्र। यो मन्त्र प्रतिदिन जप गर्नुहोस् र पाउनुहोस् अपार धन ।
* श्रीपतये नमः,
* रत्नसिंहासनाय नमः,
* ममिकुंडलमंडिताय नमः,
* महालक्ष्मी प्रियतमाय नमः,
* सिद्ध लक्ष्मी मनोरहप्रियाय नमः
* लक्षाधीश प्रियाय नमः,
* कोटिधीश्वराय नमः। श्रीगणेशको आराधना गरेर तपाई धन-दौलत, रुपया-पैसा, विद्या, बुद्धि, विवेक, यश, प्रसिद्धि, सहजतासँग प्राप्त गर्न सक्नुहुनेछ ।
Comments
Post a Comment