काठमाडौं । निर्मला पन्त प्रकरण झन् झन् रहस्यमय बन्दै गएको छ । आइतबार घटनाबारे बुझ्न त्यहाँ पुगेका पत्रकार रबी लामिछानेसँग कुरा गर्दै रोशनी तथा बबिताकी आमाले आफ्नो घरमा घटना भएको भन्ने झुटो भएको दाबी गरेकी छन् । तर उनको कुरा गरार्इबाट भने थप रहस्य छ भन्ने कुरा सहजै आकँलन गर्न सकिन्थ्यो ।
उनले कुराकानीका क्रममा राती सुरक्षाकर्मीहरु आउने र आराम गर्ने गरेको ठाउँसमेत देखाएकी छन् । तर एसपी डिल्लीराज विष्टलाई भने नचिनेको बताएकी छन् ।
सिधा कुरा जनताको टीमका रवि लामिछाने कञ्चनपुर पुगेर रोशनी तथा बबिताकी आमासँग सँग कुराकानी गर्दै ।
अम्बाको रुख किन काटेको भनेर रबी लामिछानेले प्रश्न गर्दा उनको जवाफ यस्तो थियो, ‘के थाहा आज यो घटना घट्यो भोली घट्न सक्छन् । फाँसी हुने डरले हामीले काटेका हौं ।’
उनको कुरा गरार्इ हेर्दा एकोहोरो, शरिर कापीराखेको र भुँर्इतिर हेरेको देखिन्थ्यो । उनले मिडियाहरुले गर्दा आफूहरु बदनाम भएको आरोप लगाएकी छन् । फेरी उनले आफ्नो घरमा र छोरीबाट यो घटना घटेको भए फाँसी स्वीकार गर्न आफूहरु तयार रहेको बताएकी छन् ।
सम्पूर्ण कुराकानी हेर्नुहोस तलको भिडियवबाट ।
Comments
Post a Comment