काठमाडौँ । आजबाट लागु भएको मुलुकी अपराध (संहिता) ऐनको बिरोधमा एक युवाले मुुलकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडी नाङ्गिएर प्रदर्शन गरेका छन्।
मुलुकी अपराध (संहिता) ऐनले नेपालमा पशु अधिकारको हनन भएको भन्दै झापाका बिकिन काङबाङ (लिम्बु)ले सिंहदरवार अगाडी नाङ्गिएर प्रर्दशन गरेका हुन्। सरकारलाई चुनौती दिंदै नाङ्गिएका युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ।
सिंहदरवारको दक्षिण गेट तर्फ जाँदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सरकारले गाई र गोरुको लागि मात्रै कानुन बनाएर गलत गरेको बिकिनले आरोप लगाएका छन्। राज्यले सबै जातजाती भाषाभाषी र धर्मालम्बीलाई सम्मान गर्ने गरी कानुन बनाउनुपर्ने उनको माग छ।
Comments
Post a Comment