
गोर्खा : उत्तरी गोरखाको यारुबगरमा भीर खोपेर बनाइएको नेपालकै पहिलो क्यान्टिलिभर पुलले सो क्षेत्रका बासिन्दाको जीवनयापन सहज भएको छ ।मनास्लु पदमार्गअन्तर्गत पर्ने धार्चे गाउँपालिका–१ केरौंजाको यारुबगरमा बूढीगण्डकी तर्नका लागि क्यान्टिलिभर बनाएपछि उत्तरी गोरखाका बासिन्दालाई राहत मिलेको हो ।
पुल निर्माण भएसँगै तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाका आठ हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।यूकेएडको ३ करोड ७५ लाख रुपैयाँको आर्थिक सहयोगमा ०७३ साल वैशाखबाट बनाउन सुरु गरेको पुल २ महिनामा निर्माण सम्पन्न भएको थियो ।
तर निर्माण कम्पनीले २०७४ माघमा मात्रै स्थानीय तहलाई हस्तान्तरण गरेको हो । स्विट्जरल्यान्डको एएफ–आईटेको लिमिटेडले डिजाइन तथा निर्माण व्यवस्थापन गरेको क्यान्टिलिभरको लम्बाइ १९५ मिटर र १.६ मिटर चौडाइ छ ।
पुल बनाउने जिम्मा लिएको नेपाल बजार विकास कार्यक्रमका अनुसार क्यान्टिलिभर बनाउन ३८ हजार किलो स्टिल प्रयोग गरिएको छ ।क्यान्टिलिभरको स्टिल संरचनालाई चट्टानमा खोपेर विशेष बोल्टले जोडिएको छ । यसको आयु कम्तीमा ५० वर्षसम्म भए पनि नियमित मर्मत–सम्भार गर्नुपर्ने प्राविधिकहरू बताउँछन् ।
हेर्नुस भिडियो:
Comments
Post a Comment