नीतु कपुरको बुहारी बन्नको लागि तयार छिन् आलिया भट्ट, करण जोहरले गरे यस्तो खुलासा !

नीतु कपुरको बुहारी बन्नको लागि तयार छिन् आलिया भट्ट, करण जोहरले गरे यस्तो खुलासा !
भक्तपुर : करण जोहर, रणवीर कपुर र आलिया भट्टको मित्रता बलिउडमा निकै बलियो छ। करण जोहरले आलिया-रणबीरको सम्बन्ध बारे बयान पनि दिदै आईरहेका छन्।

करण आजभोली आफ्नो च्याट शो 'कलिंग करण सीजन २' मा होस्ट गर्नमा व्यस्त छन। उनले आफ्नो शोमा रणवीरलाई बोलाएका थिए। करणले रणवीरलाई लभ लाइफको बारेमा सोधेका थिए जसमा रणवीरले आफ्नो सम्बन्धमा भएका कयौ गल्तीहरुको बारेमा बाताउन शुरु गरे।

त्यसै क्रममा रणबीरले पनि करणलाई सोधे, 'तपाई मेरी गर्लफ्रेंडलाई के सल्लाह दिन चाहनुहुन्छ।' तब करणले भने, 'मलाई लाग्छ मी तिमी संसारकै राम्रो श्रीमान बन्ने छौ मैल त्यो सल्लाह दिईसकेको छु,रणबीर।' करणको यस जबाफबाट रणबीर र आलिया विवाहको प्लान गरिरहेका अनुमान गर्न सकिनेछ ।

मिडिया रिपोर्टसको अनुसार फिल्म 'ब्रह्मास्त्र' को शूटिंग पछि आलिया र रणवीरको परिवार भेटेर दुबैको सम्बन्धको बारेमा कुरा हुनेछ। यसबाट यो अनुमान गर्न सकिन्छ कि यी दुवै स्टार आफ्नो सम्बन्धको अर्को तहमा लैजान चाहन्छन। यदी आलिया र रणवीर विवाह हुन्छ भने यो बलिउडको सबैभन्दा चर्चित विवाह हुनेछ।

आलियाको परिवारमा महेश भट्ट र सोनी राजदान रणबीरलाई निकै मन पराउँछन्। महेश भट्टले जब आलिया र रणबीरको बारेमा प्रश्न गर्दा भने,'म उनको निजि जीवनममा पब्लिकली कुरा गर्न चाहदिन। यो उनीहरुको अधिकारको कुरा हो। उनीहरुले यस बारे जे निर्णय गर्छन त्यसलाई म सम्मान गर्छु।' यसै बीच सोनी राजदानले नीतू कपूरको साथमा रणबीरको फिल्म 'संजू' हेरेर तारिफ पनि गरेका थिए।

Comments