
निर्मला पन्त हत्या प्रकरण १३ वर्षीया निर्मला पन्तकी आमा कञ्चनपुर भीमदत्त–१८ उल्टाखाममा चनाचटपटे पसल चलाउँछिन् । निर्मलासँगै कक्षा ९ मा पढ्ने रोशनी बम ९ साउनमा पसलमा आएकी थिइन् । विज्ञानको नोट बनाउनुपर्ने भन्दै निर्मलालाई भोलिपल्ट आफ्नो घरमा आउन अनुरोध गरिन् । उनले निर्मलाकी आमासँग पनि अनुमति मागिन् । रोशनीले २० रुपैयाँको चटपटे किनिन् र आफूसँग पैसा नभएकाले भोलिपल्ट निर्मलासँग पठाइदिने वचन दिएर बिदा भइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रश्न : एउटै कक्षामा पढ्ने भए पनि निर्मलाभन्दा रोशनी ५ वर्ष जेठी हुन् । बाबुआमा दार्चुलामा जागिर गर्छन् । कञ्चनपुरमा दुई बहिनी मात्र बस्छन् । उनको आर्थिक अवस्था चटपटेको २० रुपैयाँ तत्काल तिर्न नसक्ने होइन । आशंका के छ भने रोशनी बमको घरमा भोलिपल्ट कोही मान्छे आउँदै थियो र उसैका सामु निर्मलालाई प्रस्तुत गर्न यो योजना बनाइएको थियो । उनको घरमा सुरक्षा निकायका उच्च अधिकारीहरूको आउ–जाउ हुने गरेको छिमेकीहरूको भनाइ छ । यो आशंका असत्य साबित गर्न पनि प्रहरीले रोशनी र बबितालाई नियन्त्रणमा लिएर बयान लिनुपथ्र्यो । प्रहरी प्रवक्ता शैलेश थापा नै भन्छन्, ‘रोशनी र बबिता बममाथि अनुसन्धान भएको पनि भेटिएन । त्यसैले अनुसन्धानमै आशंका उठेको छ ।’
सन्दर्भ २ : अनायासै लासको प्रसंग
१० साउनको ११ बजे निर्मला साइकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । निर्मलाको घरभन्दा करिब २ किमि टाढा छ रोशनीको घर । उनी साँझसम्म पनि घर फर्किनन् । छोरी खोज्दै आमा रोशनीको घर पुगिन् । उनले गेटबाटै रोशनीलाई बोलाइन् । तर, दिदी बाहिर आइन् । निर्मलाबारे सोध्दा ‘तिम्री छोरी त २ बजे नै यहाँबाट हिँडेकी हुन् । अम्बा पनि लगेकी छिन् । अहिलेसम्म घर नपुगेकी भए पोइल गई होला’ भन्ने जवाफ दिइन् । निर्मलाकी आमा रिसाउँदै भित्र पस्न खोजिन्, तर बबिताले रोकिन् ।
Comments
Post a Comment