काठमाडौँ । सयपत्री प्राय हाम्राे घरवरपर पार्इने फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। अरूबेला भन्दा याे फूल प्रत्येक नेपालीहरूकाे घरमा ढकमक्क फुलेकाे देखिन्छ । नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो।
दाद एक रोग हो जो कष्टकर हुन्छ। प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले तपाइको दादलार्इ निकै फाइदा गर्छ। यो प्रकृया दिनमा २-३ पटक गर्दा अझ राम्रो हुन्छ। यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनाले तपाईको दाद आँफै हराएर जान्छ।
Comments
Post a Comment