धादिङ । जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र चार जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले जानकारी दिएका छन्।
हत्यामा सङ्लग्न दुई जना अझै परार रहेको बताइएको छ। टुनामुना गरी गाउँवासीलाई दुख दिएको आरोपमा ६० वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही स्थानका नरुङ तामाङलाई गाउँलले कुटपिट गरी हत्या गरिएको थियो।
कुटपिटबाट मृत्यु भएका दुबैजनालाई गाउँलेले साउन ५ गते जलाएका थिए। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले साउन ७ गते उनीहरुलाई पक्राउ गरी हिरासतमा लिएको थियो।
बालिका लिएर भाग्दा भाग्दै स्थानीयले समाते अपहरणकारी
१२ भदौ, विराटनगर । बालिका अपहरणमा संलग्नको आरोपमा प्रहरीले एक नेपालीभाषी भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मोरङको उर्लाबारीबाट भारतको आसाम राज्यको तीनसुकिया जिल्ला अन्तर्गत ग्रोगाहा टोलका गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार उर्लाबारी ६ जनपथ टोलकी ४ वर्षकी बालिका दीपिका घिमिरेलाई अपहरण गरेको आरोपमा कार्की पक्राउ परेका हुन् ।प्रहरीका अनुसार साथीहरुसंग खेलिरहेकी दीपिकालाई कार्कीले एक्कासी आएर आफ्नो भाञ्जी भन्दै बोकेर लगेपछि उनका साथीहरुले दीपिकाको परिवारलाई खबर गरेका थिए ।
तत्काल दीपिकालाई खोजी गर्ने क्रममा करिव २ सय मिटर पर कार्कीले दीपिकालाई बोकेर लगिरहेको अवस्थामा स्थानीय र आफन्तले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
प्रहरी निरीक्षक तिम्सिनाका अनुसार उनलाई अपहरण मुद्धा चलाइएको छ । उनको विषयमा थप अनुसन्धानसमेत भइरहेको प्रहरीले बताएको छ ।
Comments
Post a Comment