काठमाडौं । मध्य तथा पूर्वी पहाडलाई काठमाडौँसँग जोड्ने एउटा वैकल्पिक सडक हो-वीपी राजमार्ग । यो सडक जापान सरकारले बनाएको हो ।
नेपालका बाँकी सडक भन्दा यो सडकको बनोट र इन्जिनियरिङ साँच्चिकै जापानले बनाएको भन्न लायक छ । सडक साँघुरो र घुमाउरो भएकोले जोखिम उत्तिकै छ, तर त्यो भन्दा बढी यो सडकको बनोट र भौगोलिक सुन्दरताले यत्रुको मन चंगा बनाइदिन्छ ।
सन् २००५ बाट निर्माण सुरु भएको राजमार्ग १० वर्ष लगाएर २०१५ मा बनेको थियो । जापान सरकारले २६ अर्ब जापानी येन लागत लगाएर नेपालका लागि बनाएको सडक हो यो ।
१६० किलोमिटर लम्बाइको सडक नागबेली र मनमोहक छ । त्यसैले त यसलाई दक्षिण एशियाकै नमूना सडकको रूपमा लिइन्छ ।
भिडियो :
Comments
Post a Comment