एजेन्सी, गत शनिबार मुम्बईमा हलिउड सिङ्गर निक जोनस र प्रियंका चोपडाको अफिसियल इन्गेजमेन्ट भएको छ । हिन्दु परम्परा अनुसार उनीहरुको स्वयम्बर भएको हो जसलाई ‘रोका’ भनिन्छ ।
यसमा प्रियंका र निकले पण्डितजी को मन्त्रलाई फलो गर्नु पर्ने थियो । हिन्दु धर्म मान्ने व्यक्तिलाई नै पढ्न गाह्रो हुने मन्त्र फलो गर्न निकलाई कति गाह्रो भयो होला त्यो हामि सजिलै अन्दाज गर्न सक्छौं । यस्तो परम्परागत कार्यमा पहिलो पटक सहभागी भएका निकको एउटा रमाइलो खुलासा भएको छ ।
जुन कुराको खुलासा स्वयम् प्रियंकाकि माता मधु चोपडाले गरेकी हुन् । एक अन्तर्वार्ताका क्रममा उनले गाह्रो भएपनि निकले आफ्नो कर्म पुरा गरेको बताएकी छन् । उनको प्रस्तुतिबाट खुसी भएको समेत उनले खुलाइन।
‘पुजा अवधी भर निक एकदमै उत्साहित र खुसी देखिन्थे’,मधु भन्छिन् ,’पण्डित जीले भनेका बिधि र मन्त्र निकले मात्र नभएर उनका माता पिताले पनि राम्रो संग पुरा गरे’ । निक र प्रियंकाको नयाँ सम्बन्धबाट आफुँ एकदमै खुसी र सन्तुष्ट भएको पनि उनले बताईन् । via~medianp bata
Comments
Post a Comment