भारतका चर्चित क्रिकेटर जसप्रित अभिनेत्रीको प्रेममा,फोटो फिचर सहित

एजेन्सी ११ भदौ । भारतका चर्चित क्रिकेटर जसप्रित बुमराह दक्षिण भारतकी अभिनेत्री राशी खन्नाको प्रेममा रहेको खुलासा भएको छ । बुमराह भारतका एक सफल क्रिकेटर हुन् । राशी दक्षिण भारतकी चर्चित अभिनेत्री हुन् । उनले धेरैजसो तेलुगु फिल्महरुमा अभिनय गरेकी छन् ।राशीले तेलुगुका सुपरहिट फिल्म जिल, हाइपर, बंगाल टाइगर, शिवम, सन अफ सत्यमूर्ति २ लगायतमा काम गरेकी छन् । राशीले एक अन्तरवार्तामा आफु जसप्रितदेखि क्रेजी भएको बताएकी थिइन् । उनले सामाजिक सञ्जाल मार्फत पनि जसप्रितलाई फलो गर्दै आएकी छन् ।

Comments