सरकार यिनलाई रेल होइन पक्की पुल बनाईदेउ, दबाबको लागि सक्दो शेयर गर्नुहोस्


सरकार यिनलाई रेल होइन पक्की पुल बनाईदेउ, दबाबको लागि सक्दो शेयर गर्नुहोस्

काठमाडौं !! हिलोपटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओलीले नेपालमा रेल चलाउने भन्दा धेरैले ठट्टामा उडाए । तर, ओली अहिले प्रधानमन्त्री भएपछि रेल चलाउने कुरा भाषणमा होइन, योजनामै समेटिन थालेको छ ।

अहिले त नेपाल आफैंले मात्र होइन छिमेकी देश भारत र चीनले समेत रेलमार्ग बनाउने भनेपछि धेरैलाई आफ्नै पालामा रेल चढ्न पाइएला त भन्ने कौतुहल बढेको छ ।

उत्तरको रेल काठमाडौंमा ल्याउने सम्झौता भएको २ वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने सम्झौता भएको छ । सम्झौता कार्यान्वयन हुने हो भने काठमाडौं दुई देशको रेलमार्गबाट जोडिने छ नै, अरु ठाउँमा पनि रेल कुद्नेछ ।

रेलमार्ग विस्तारमा दुई छिमेकीको प्रतिस्पर्धा

नेपालमा रेलमार्ग विस्तार गर्न दुई छिमेकीबिच प्रतिस्पर्धा नै देखिएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणमा शनिवार रेललाइन विस्तारका विषयमा चारबुँदे सम्झौता भएको छ । भारतले रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग जोड्न सहमत भएको छ ।

नेपाल भारत सीमा क्षेत्र रक्सौलसम्म अहिले पनि रेल चलिरहेको छ । रक्सौलदेखि वीरगंज हुँदै काठमाडौं विद्युतीय रेलमार्ग भारतको लगानीमा बनाउने भनिएको छ । त्यसका लागि एक वर्षभित्र नेपाल सरकारको सहयोगमा सर्भेक्षण सुरु गर्ने सहमति भएको हो ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्याय नेपाल र भारत सरकारबीच भएको यो सहमति निकै सकारात्मक रहेको बताउनुहुन्छ । उहाँले वीरगंज काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो । तर विगतमा भारतसँग भएका विभिन्न आयोजना अझै अलमलमै रहेकाले विद्युतीय रेल विस्तार पनि कार्यान्वयन हुनेमा विश्वास गर्न नसकिने विज्ञहरुको बुझाई छ ।

त्यस्तै चीनले पनि केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल जोड्नेगरी योजना अगाडि सारेको छ । यसअघि २०७२ चैतमा भएको ओलीको चीन भ्रमणमा केरुङबाट रसुवागढी हुँदै काठमाडौं रेलमार्ग विस्तार गर्ने सम्झौता भएको थियो । यो रेलमार्ग काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने चीनको योजना छ ।

नेपालमा रेलमार्ग कहाँदेखि कहाँसम्म ?

रक्सौलदेखि वीरगञ्ज हुँदै काठमाडौंकेरुङबाट रसुवागढी हुँदै काठमाडौंकाठमाडौं, पोखरा हुँदै लुम्बिनीभारतसँग नाका जोडिएका मुख्य शहर पूर्व–पश्चिम रेलमार्ग रक्सौलदेखि वीरगंज हुँदै काठमाडौं रेल कुद्न झण्डै ६ बर्ष लाग्ने अनुमान रेल विभागको छ ।

संम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयारका लागि १ बर्ष लाग्ने रेल विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पूर्वतयारीमा १ बर्ष र निर्माण काम धमाधम हुने हो भने ५ वर्ष गरी ६ वर्षमा रक्सौलबाट काठमाडौं रेल आउने वातावरण बन्नेछ ।

भारतले जयनगर, जनकपुर, कुर्था रेलमार्ग बनाइरहेको छ । जयनगरदेखि जनकपुरसम्मको झण्डै ३५ किलोमिटरसम्मको खण्डमा आउँदो कात्तिकसम्म रेलमार्ग निर्माणको काम सकिने र माघसम्म सञ्चालनमै ल्याउने योजना रहेको विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो । यस्तै, भारतको जल्पाइगुडीबाट काँकडभिट्टा, जोगबनी विराटनगर, नौतनहवाबाट भैरहवा र भारतको रुपेडियाबाट नेपालगञ्ज पनि रेलमार्गले जोडिनेछन् ।

अर्को पूर्वपश्चिम ९ सय ४५ किलोमिटर लामो रेलमार्ग बन्नेछ । जुन मेचीबाट महाकालीसम्म नै जोडिनेछ । रेलमार्ग विस्तारमा भारत र चीनबीच भएका पछिल्ला यी महत्वपूर्ण सम्झौता बाहेक पनि नेपालमा अरु रेलमार्गसँगै मोनो र मेट्रोरेल सञ्चालनको योजना अगाडि बढेको छ ।

मोनो र मेट्रो रेल

नो र मेट्रो रेलकाठमाडौंमा पाँच वर्षभित्रै मोनोरेल कुदाउने गरी लगानी बोर्डले काम अगाडि बढाएको छ । मलेसियन कम्पनीसँगको सहकार्यमा काठमाडौं मोनोरेल प्रालिले विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउँदैछ । कलंकीदेखि कोटेश्वर, चावहिल, महाराजगंज हुँदै पुनः कलंकी जोड्ने सडकमै मोनोरेल सञ्चालन गर्ने तयारी छ ।

यस्तै काठमाडौं महानगरपालिकाले तीन वर्षमै मेट्रोरेल सञ्चालन गर्ने लक्ष्य सहित काम थालेको छ । मेट्रो रेलबारे विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मा सम्झौता गरिने र त्यसैको आधारमा अबको तीन वर्षमा मेट्रोरेल चलाउने गरी काम थालिएको महानगरपालिकाले जनाएको छ ।

रेलमार्ग बनाउनेदेखि रेल कुदाउनेसम्मका काम त्यति सहज भने छैन । रेल विकासमा लगानी, दक्ष जनशक्ति जस्ता विषयमा अझैपनि नेपाल विदेशीकै भर पर्नुपर्छ । यतिहुँदा हुँदै पनि तीव्र गतिमा काम अगाडि बढाउने र आवश्यक सामाग्रीको अभाव हुन नदिने हो भने असम्भव भने देखिँदैन ।नयाँ खोज24 बाट साभार गरिएको ।

Comments