साधारणतया हामी मंगलबारको दिनमा गणेश जी को पुजा आराधना र ब्रत बस्ने गर्दछौ तर पुरानो मान्यता अनुसार भगवान श्री गणेशको पुजा गर्ने बिशेष दिन बुधवार हो। साथमा यो दिन बुध ग्रहको निमित्त पनि पुजा गर्ने गरिन्छ। यदि कुनै मानिसको कुण्डलीमा बुध ग्रह अशुभ स्थितिमा छ भने बुधवार गणेश जी को पुजा यसरी गर्नुस् :
गणेश जीलाई सिन्दुर, चन्दन, यज्ञोपवीत, दुबो, लड्डुको भोग लगाउनुस। धुप बत्ति बालेर आरती गर्नुस र पुजा गर्दा यो मन्त्रको जप गर्नुस:
मन्त्र- प्रातर्नमामि चतुराननवन्द्यमानमिच्छानुकूलमखिलं च वरं ददानम्।
तं तुन्दिलं द्विरसनाधिपयज्ञसूत्रं पुत्रं विलासचतुरं शिवयो: शिवाय।।
प्रातर्भजाम्यभयदं खलु भक्तशोकदावानलं गणविभुं वरकुञ्जरास्यम्।
अज्ञानकाननविनाशनहव्यवाहमुत्साहवर्धनमहं सुतमीश्वरस्य।।
यो मन्त्रको अर्थ यो होकी म यो देवताको पुजा गर्छु, जसको पुजा स्वयं ब्रह्मदेवले गर्नुहुन्छ। यस्तो देवता जसले मनोकामना सिद्ध गर्नुहुन्छ , डरलाई टाढा भगाउनु हुन्छ, शोकलाई नाश गर्नुहुन्छ, गुणको नायक, गजमुख, अज्ञानको बिनाश गर्ने, म शिव पुत्र श्री गणेशको सुख-सफलताको कामनाले भजन, पुजा र स्मरण गर्छु। एजेन्सी
Comments
Post a Comment