
काठमाडौं । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’को आज २६२ औं एपिसोड हो । तपाईलाई थाहा भएकै कुरा हो, यो कार्यक्रममा विशेष रिपोर्टहरु प्रस्तुत गर्नुका साथै विभिन्न फोन कल तथा स्काइप मार्फत प्रत्यक्ष लाइभ कुराकानी गरिन्छ ।
आजको यस विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गर्नुका साथै फोन मार्फत लाइभ कुराकानी पनि गरिएको छ ।
आजको एपिसोडमा प्रस्तुत गरिएको रिपोर्टहरुः
१. आजको यस विशेष एपिसोडमा ‘प्रेम राई बचाउ अभियानमा भएको खर्चको विवरण विलसहित सार्वजनिक गर्नु पर्ने’ शिर्षकमा रिपोर्ट प्रस्तुत गरिएको छ ।
गएको कार्यक्रममा साउदीबाट ब्लड मनि तिरेर नेपाल ल्याइएका प्रेम राई बचाउ अभियानमा आनावस्यक खर्च भएको भनि साउदी अरबबाट हाम्रा दर्शक विष्णु न्यौपानेले स्काईप मार्फत प्रश्न उठाए । सामाजिक सञ्जालहरुमा पनि यस विषयमा चर्चा चलिरहेका कारण हामीले बिष्णु जिको यही प्रश्न प्रेम बचाउ अभियानका मुल समितिका संयोजक चन्द्र सिंह गुरुङसंग लाईभ कुराकानी गरेका थियौं ।
२. आजकै एपिसोडमा ‘धौलागिरी अञ्चल अस्पतालमा चरम लापरवाही, न औषधि न चिकित्सक’ भन्ने शिर्षकमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ ।
धौलागिरी अञ्चल अस्पतालको एकपछि अर्को गर्दै लापरवाहीका घटना बाहिर आएका छन् । यस अघिको कार्यक्रममा बागलुङबाट हरी सुवेदिले धौलागिरि अञ्चल अस्पतालमा सुगरको औषधि नभएकाले आँफुले निशुल्क पाइने औषधि निजी फार्मेसीमा किन्नु परेको भन्दै गुनासो गरेको थिए ।
३. यसका साथै आजको एपिसोडमा ‘निजी अस्पतालका आफ्ना बिरामीलाई सरकारी अस्पतालमा जाँच गर्दै डाक्टर’ भन्नले शिर्षकमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ ।
बुटवलस्थीत लम्बिनी अञ्चल अस्पतालमा उपचार गराउन बुटवल अस्पताल प्राली मार्फत जान बिरामीहरु बाध्य छन् । अञ्चल अस्पतालमा कार्यरत फिजिशियन डाक्टर नन्दु पाठक सोमबार दिउँसो अञ्चल अस्पतालले उनलाई बिरामी चेक जाँच गर्न दिएको क्याविनमा थिएनन् । उनको नेम प्लेटमा बाहिर देखाईएको थियो भने बिरामी उनलाई कुरेर बसेका थिए ।
Comments
Post a Comment