११ बर्षकै उमेरमा पशुपती आर्यघाटमा जले निशान, मलेसियाबाट आएका बाबु गणेशका हात छोरालाई दागबत्ती दिन अघि बढ्नै सकेनन्


अपहरणपछि हत्या गरिएका ११ बर्षीय बालक निशान खड्काको आज अन्त्येष्टि गरिएको छ । आइतबार राती हत्या गरिएका भक्तपुरका खड्काको बुबा मलेसियाबाट आएपनि आज अन्त्येष्टि गरिएको हो । ११ छोराको अन्त्येष्टिको लागि मलेसियाबाट नेपाल आएका उनका बाबु गणेशबहादुर खड्काले आफुलाई सम्हाल्न सकेनन् । उनले आफ्नो छोरालाई दागबत्ती समेत दिन सकेनन् ।

आज दिउँसो साढे १ बजे नै आउने भनिएपछि उनी ढिलो गरी काठमाण्डौ अवतरण गरेका थिए । विमानस्थल आइपुगेका गणेशबहादुर सिधै छोराको अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुगेपनि आफ्नै हातले ११ बर्षको छोरालाई दागबत्ती दिन सकेनन् । बाबुले दागबत्ती दिन नसकेपछि निशानको हजुरबुबा जयबहादुर खड्काले दिएका छन् ।

छोराको अनुहार हेर्दै भक्कानिएपछि उनले दागबत्ती दिन सकेनन् । छोरालाई दागबत्ती दिन नसकेर केही पर राखिएको बेञ्चमा बसेका गणेशबहादुरका हात बाउँडिएको थिए । छोरालाई पानी खुवाउना साथ उनलाई शवभन्दा टाढा नै राखिएको थियो ।

Comments