
काठमाडौं । चर्चिच साढे ३३ किलो सुनकाण्ड र शनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले आत्महत्या प्रयास गरेका छन् । केन्द्रीय कारागार सुन्धारा स्थित गोलघर भित्रै उनले पासो लगाएर आत्महत्याको प्रयास गरेका छन्। केही साता अघि आफैले लगाएको सर्टले घाटीमा बाधेर पासो लगाएर उनले आत्महत्याको प्रयास गरेका हुन् । केही महिना अघि गोरेको मानसिक अवस्थामा समस्या आएको भन्दै कारागाभित्रकै अस्पतामा चेक जाँच समेत गरिएको थिए। अहिले पनि कहिलेकाही अझै तनावमा आएको बेला टाउउको भित्तामा ठोक्ने गरेको बताइएको छ ।
३३ किलो सुन काण्डको विषयलाई लिएर गएको जेठ २८ मा सुनसरीको झुम्का कारगारबाट ‘गोरे’ लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र छिरिङ वाङगेल घलेलाई काठमाडौं ल्याइएको थियो। ०७४ माघ ७ मा त्रिभुवन विमानस्थलबाट साढे ३३ किलो सुन काठमाडौं भित्र्याएर पनि गायब भए पछि शनम शाक्यको हत्या भएको थियो।
सोही अभियोगमा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक गोबिन्द निरौला, बहालवाला वरिष्ठ प्रहरी उपरीक्ष श्याम खत्री, दिवेश लोहनी गरेर दर्जन प्रहरी अधिकारी पक्राउ परेका थिए। हाल उनीहरु मोरङको झुम्का कारागारका पुर्पक्षका लागि थुनामा रहेका छन्। तर उक्त सुनको अवस्थाबारे भने हालसम्म केही अत्तपत्तो छैन ।
साभार: Osnepal
Comments
Post a Comment