
काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
अाइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, र डिजलमा २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । यस्तै डिजलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ । निगमलाई ग्यासमा १५ दिनमा ७ करोड २१ लाख रुपैयाँ घाटा रहेको छ । निगमलाई एक सिलिन्डर ग्यासमा २ सय ८० रुपैयाँ घाटा रहेको छ ।
Comments
Post a Comment