दोलखामा मालबाहक ट्रक प्रशारण लाईनमा ठोक्किएर दुर्घटना, विद्युत आपुर्ति ठप्प ::दु:खद खबर


दोलखा : जिरीबाट पोखराका लागि छुटेको मालबाहक ट्रक दुर्घटना भएको छ । उक्त मालबाहक भ्यान विद्युत प्रशारण लाईन माथि पर्दा दोलखाको जिरी र वैतेश्वर गाउँपालिकामा विद्युत आपुर्ति ठप्प भएको छ ।

सोमबार दिउँसो लामोसाँघु–जिरी सडक अन्र्तगत वैत्यश्वर गाउँपालिकाको खावा सडकखण्ड नजिकै मालबाहक भ्यान दुर्घटना हुँदा विद्युतीय पोल र तारमा क्षति पुगेपछि विद्युत आपुर्ति ठप्प भएको हो ।

खावा बजारबाट भेनियर पाता लोड गरि छुटेको ना ४ ख ४९४० नम्वरको भ्यान साईड दिने क्रममा सडक भासिएर करिव ५० मिटर तल खसेको थियो ।

भ्यान पल्टिने क्रममा विद्युत प्राधिकरणको ३३ केवी प्रशारण लाईन माथि परेको थियो । भ्यान ३३ केवी प्रशारण लाईन माथि पर्दा तार चुँडिनुका साथै चार वटा विद्युतीय पोलमा क्षति पुगेको छ ।

भ्यान दुर्घटना हुँदा प्रशारण लाईनमा क्षति पुगेपछि तामाकोशी स्थित विद्युत सव स्टेशनमा रहेको ट्रान्समिटरमा समेत क्षति पुगेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ ।

भ्यान दुर्घटना भएपनि त्यसका चालक भने सकुशल रहेका छन् ।
-tajareport

Comments