नेपालमा गाउँगाउँमा धर्म परिवर्तनको लहर चलेको गुनासो सुनिँदै आएको छ। विभिन्न प्रलोभनमा पारी हिन्दू तथा बौद्ध धर्म मान्नेहरुलाई क्रिश्चियन बनाइए पनि त्यस्तो गर्नेलाई कडा कारबाही हुन सकेको छैन।अब अरुको धर्म परिवर्नत गराउनेविरुद्ध कडा कारबाही हुने प्रावधान भदौ १ गतेदेखि लागू हुँदैछ। अर्को शुक्रबार लागू हुने मुलुकी अपराध(संहिता) ऐनको दफा १५८ मा कसैले पनि अरुको धर्म परिवर्तन गराउन वा धर्म परिवर्तनका लागि दुरुत्साहन गर्न नहुने व्यवस्था छ।
१५८ (२) मा भनिएको छ, ‘कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवाहार गर्न वा कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्नत गराउन वा धर्म परिवर्तन गराउने नियमले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन।’
यसरी धर्म परिवर्नतन गराउनेलाई पाँच वर्षसम्म कैद वा पचास हजारसम्म कैद हुने व्यवस्था गरिएको छ। विदेशी नागरिकले धर्म परिवर्तन गराएको ठहर भइ सजाय भागेपछि उसलाई सात दिनभित्र देश निकाला गर्नुपर्ने प्रावधान मुलुकी अपराध(संहिता)मा गरिएको छ।
धर्म परिवर्नज गराएको उजुरी ६ महिनाभित्र दिइसक्नुपर्ने हदम्याद तोकिएको छ। भदौ १ गतेदेखि लागू हुने गरी गत वर्ष संसदले अपराध संहितासहित मुलुकी फौजदारी कार्यविधि, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयर्न) ऐन, मुलुकी देवानी ऐन र देवानी कार्यविधि (संहिता) ऐन पारित गरेको थियो।
धर्मपरिवर्तन सम्बन्धी यस्तो कडा प्रवधान नराख्न पश्चिमा देशहरुले दबाब दिएका थिए।
Comments
Post a Comment