काठमाडौं, भदौ ६:ऐन अभावमा सरकारले कर्मचारी समायोजन प्रक्रिया रोकेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सरकारले हाल संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको छ । सो विधयेक पारित नभएसम्म कर्मचारी समायोजन प्रक्रिया अघि नबढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
समाचारमा लेखिएको छ, मन्त्रालयका अनुसार सो विधयेक मन्त्रिपरिषद्बाट संसदमा लग्ने तयारी अन्तिम चरणमा पुगेको छ । मन्त्रालयले यसअघि साउनको दोस्रो सातादेखि कर्मचारी समायोजनका प्रक्रिया रोकेको थियो । यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजना प्रक्रिया अघि बढाउने जनाएको थियो । तर भदौं पहिलो सातासम्म समायोजनका प्रक्रियाको कुनै काम अघि बढेको छैन ।
Comments
Post a Comment