चोटपटकका कारण दाग बसेको छ ? यसरी हटाउनुहोस् सजिलै

काम गर्दा, लड्दा तपाईको हातखुट्टा वा शरीरको कुनै ठाउँमा सानोतिनो चोट लाग्यो होला। चोट निको भएपछि दाग निको भएको छैन् होला ? उक्त दाग हटाउन तपाईले विभिन्न उपाय पनि अप्नाउनु भएको छ होला, तर नमेटिएको हुन सक्छ। यदी यसो हो भने आज हामी तपाईलाई दाग हटाउने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ ।
यसरी हटाउनुहोस् दाग
कागती
शरीरमा भएको दाग मेटाउनका लागि कागतीको प्रयोग पनि राम्रो मानिन्छ। कागतीमा प्राकृतिक व्लिचिङ्ग गुण रहेको हुन्छ, जुन चोटका करण शरीरमा लागेको दाग कम गर्न सहायक मानिन्छ। तर कुनै पनि दागमा कागतीको प्रयोग गर्दा त्यसलाई सिधै घाउमा लगाउनु हुँदैन। कागतीको रसलाई कपासको सहायताले घाउमा लगाउनु पर्छ। यो प्रकृयालाई लगातार एक हप्तासम्म दोहर्‍याएको खण्डमा यो समस्या क्रमश कम हुँदै जान्छ।
बेसार
बेसारमा प्राकृतिक व्लिचिङ्ग गुण हुन्छ, जसले घाउका कारण लागेको दाग कम गर्नमा मद्दत गर्छ। बेसारलाई मह वा दहीमा मिसाएर दागमा लगाउनु पर्छ। यति गरेमा यो दाग क्रमश कम हुँदै जान्छ।
मह
महद्धारा पनि घाउको दागलाई सजिलै मेटाउन सकिन्छ। महमा कागतीको रस मिसाएर छिट्टै दाग कम हुने गर्छ।
काक्रोँ
शरीरलाई स्वस्थ राख्न तथा छालालाई नरम बनाउन तथा शरीरलाई हाइड्रेट राख्न काक्रो लाभदायक मानिन्छ। काक्रोको पेस्टलाई नियमित रुपमा ठाउँमा लगाएको खण्डमा मात्र पनि घाउका कारण भएको दाग विस्तारै कम भएर जान्छ।
चन्दन
चन्दन पनि अनुहारको लागि राम्रो मानिन्छ। चन्दनको पाउडरमा दुई चम्चा दूधको साथमा गुलाव जल मिसाएर त्यसको पेस्टलाई घाउमा लगाएर करिब एक घण्टा सुक्नको लागि छोड्नु पर्छ। अब यसलाई चिसो पानीले धुनुपर्छ। यो प्रकृया नियमति रुपमा अपनाएको खण्डमा अनुहारको दाग क्रमश कम हुँदै जान्छ।
एलोभेरा
एलोभेरा जेल अनुहारका लागि निकै फाइदाजनक मानिन्छ। यो जेललाई राती सुत्नु अगाडी दाग भएको ठाउँमा लगाउनाले दागमा फाइदा हुन्छ।

Comments