विश्वका पाँच ठूला विमान दुर्घटना जसमा कसैले ज्यान गुमाउनु परेन हवाइ यात्राका क्रममा इतिहासमा थुप्रै हृदयविदारक घटनाहरु भएका छन् । विमान दुर्घटना भएपछि मानवय क्षति हुने निश्चित जस्तै हुन्छ ।तर संसारमा यस्ता केही विमान दुर्घटना भएका छन् जसमा भाग्यवश १ जनाको पनि ज्यान गएन ।
घटना १मेक्सिकोको दुरंगो शहरमा केही दिन अघि एयरोमेक्सिकोको फ्लाइट नम्बर २४३१ दुर्घटना भयो । विमानमा चालक दलका ४ जना सदस्यसहित १०१ जना थिए । तर यो दुर्घटनामा सबै १०१ जना नै सकुशल रहे । कसैको ज्यान जान पाएन ।
घटना २१५ जनवरी २००९ मा १४६ यात्रु र ५ चालकदलका सदस्य भएको यूएस एअरवेजको विमान न्यूयोर्कको लागार्डिया विमानस्थलबाट नर्थ क्यारोलाइनातिर जाँदै थियो ।तर म्यानह्याटनको पश्चिमी क्षेत्रमा हड्सन नदीमाथि विमान दुर्घटना भयो । विमानको इन्जिनमा चरा ठोकिएकाले दुर्घटना भएको बताइएको छ । विमान चालक सुली सुलेनबर्गले म्यानह्याटन नजीकै हड्सन नदी किनारमा जसोतसो विमान अवतरण गराए । सबै सकुशल रहे । पछि यसैमा आधारित चलचित्र समेत बन्यो ।
Comments
Post a Comment