तेरिया मगरको जस्तै खतरा डान्स गर्ने सानी रुबी राई डान्समा मात्रै हैन गीत गाउन र पढ्नमा पनि अब्बल [हेर्नुहोस भिडियो सहित्]

तेरिया मगरको जस्तै खतरा डान्स गर्ने सानी रुबी राई डान्समा मात्रै हैन गीत गाउन र पढ्नमा पनि अब्बल [हेर्नुहोस भिडियो सहित्]
डान्सका लागि तेरिया मगरलाई उदारहण लिने गरिन्छ। नेपालकी छोरी भएर पनि चर्चित भारतीय डान्स रियालिटी शो 'डान्स इन्डिया डान्स लिल च्याम्प्स' देखि 'झलक दिखला जा'को उपाधि समेत् हात पारेकी तेरियाको देश देखि विदेशमा पनि चर्चा छ। उनलाई नित्यमा टक्कर दिने सायद कमै होलान, तर अब भने तेरियालाई टक्कर दिन सानी नौ वर्षिया बालिका रुबी राई आएकी छिन्। उमेरले सानी भएता पनि रुबीसँग ठुला-ठुला डान्सरलाई मात दिने क्षमता छ।

पछिल्लो समयमा निकै भाइरल बन्दै आएकी डान्सर रुबी राईको नित्य हेरेपछि जो कोहि चकित पर्दछ। ओखलढुंगा घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएकी प्रतिभाकी धनी रुबी नित्यमा तेरिया मगर भन्दा कम छैनन्। विभिन्न डान्स प्रतियोगिताहरुमा पनि जीत् हासिल गर्दै अगाडी बढिरहेकी रुबी डान्समामात्र नभई गीत गाउन र पढ्नमा पनि त्यतिकै अब्बल छिन्। उनी कक्षामा सधै प्रथम पनि हुने गर्छिन। उनको लोभ्याउने प्रतिभाका कारण धेरै मिडियाहरुमा अन्तवार्ता पनि दीइसेकी छिन्।

अहिले रुबीको डान्स सामाजिक संजालमा बेला-बखतमा भाइरल हुने गरेको छ। ५ कक्षामा अध्धयनरत रुबी समय निकालेर विगत दुई वर्ष देखि डान्स पनि सिकिरहेकी छिन। भविष्यमा ठुलो डान्सर र डाक्टर बन्ने उनको सपना रहेको बताईंन। उनी तेरिया मगरको फ्यान पनि हुन्। उनी भन्छिन,'म ठुलो भएपछि तेरिया मगरजस्तो बन्नेछु।' हालै उनी 'लेट मी डान्स स्कुल च्याम्प'मा १० औ स्थानमा छानिएकी छिन्। रुबीले सबै दर्शकहरुलाई पिएनपिखबरडटकम मार्फत भोटको लागि अपिल पनि गरेकी छिन्।

बाँकी हेर्नुहोस भिडियो :

Comments