धरान– शैक्षिक प्रमाणपत्रदेखि नागरिकतासम्म नक्कली बनाउँदै आएका चार जना पक्राउ परेका छन्। जसमा २ जना स्थानीय नेता समेत छन्।
तत्कालिन एमालेका क्षेत्रीय सदस्य राम सेवा तथा नेपाली कांग्रेसका महासमिति सदस्य राजकुमार लिम्बुसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
लिम्बु धरानस्थित म्याक इन्फ्युजन कम्प्यूटरका सञ्चालक हुन्। प्रहरीले त्यहाँ छापा हानी ठूलो मात्रामा नक्कली प्रमाणपत्र, होलोग्राम तथा छापहरु बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिमिल्सनाले बताए।
प्रहरीले उनीहरुसहित सरोज योङहाङ र बिरध्वज लिम्बुलाई समेत पक्राउ गरेको छ।
उनीहरुबाट नौ वटा खाली नागरिकता, यातायात कार्यालयदेखि त्रिभुवन विश्वबिद्यालयसम्मको नक्कली होलोग्राम बरामद गरिएको डिएसपी तिमल्सिनाले बताए। Nepal Liveबाट
Comments
Post a Comment