काठमाडौं, साउन ३१ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन अर्थात आज नागपञ्चमी मनाइँदैछ। नागपञ्चमीका अवसरमा पण्डित दिपक पाण्डेले यससँग जोडिएका केही तथ्य र प्रसंगका बारेमा जानकारी गराएका छन्।
कालसर्प योगबाट बँच्ने उपाय
नाग पञ्चीमा कालसर्प दोसबाट ग्रस्त मानिसले विधि विधानबाट भगवान शिवको पूजा गरेमा अथवा विशेष मन्त्रको जप गरेको कालसर्प योगबाट पर्ने प्रभाव हटेर गई जीवनमा मुक्ति मिल्दछ।
कालसर्प दोष या राहुको शान्तिका लागि पूजा सँगसँगै इश्वरलाई प्रार्थना गर्दै नाग गायत्री मन्त्र, ऊँ नवकुलाय विद्यमहे विषदंताय धिमहीँ त्न्नो सर्पः प्रचोदयात् को जप गर्नाले कालसर्प योग हराउने छ । यसका अतिरिक्त नागपञ्ची ऊँ नागदेवता नमः मन्त्र जव गरेमा व्यक्तिको उद्देश्य छिटो भन्दा छिटो पूरा हुनेछ। यस मन्त्रको प्रयोग १०८ पटक गर्नपर्दछ ।
नाग पञ्चमीसँग जोडिएका तथ्यहरु
साउन महिना शुक्ल पक्षको पञ्चमी तिथिमा मनाईने पर्व नागपञ्ची पर्व नागकै लागि समर्पित छ । यस दिन श्रदा पुर्वक नागको पूजा आरधाना गर्नु पर्दछ । धार्मिक शास्त्र वेद र पूराणका अनुसार नागको उत्पति महर्षी कश्यप र उनकी पत्नी कद्रोलाई मानिएको हो। नागको मुल स्थान पाताल लोक मानिन्छ। शास्त्रका अनुसार नागका त्रिदेव अर्थात ब्रह्मा, बिष्णु महेश्वर तिनैजना माया गर्दथे। पूराणमा भगवान सूर्यको रथ पनि द्वादश नागको भएको उल्लेख छ।
Comments
Post a Comment