
प्राप्त जानकारी अनुसार एक कुखुराले सर्पको सातो टिपेको छ । अण्डा पारेर ओथारो बसीरहेको एउटा कुखुरालाई सर्पले गिद्धे नजर लगाउँदा सर्प नराम्रोसँग अप्ठ्यारोमा परेको छ । घटना हो अमेरिकाको । अमेरिककाको टेक्सस राज्यकी सारा एलिकसनको घरमा पालेको एउटा कुकुराले अण्डा पारेर ओथारो बसेको ठाउँमा उनी पुगीन् । सारालाई कुखुरा ओथारो बसेको ठाउँ हेर्न मन लाग्यो। त्यहाँ पुगेपछि उनी छक्क परिन्। उनले एउटा फोटो पनि खिचिन्। र, फोटो फेसबुकमा अपलोड गरिन्।
कुखुराको अण्डा खान गएको सर्पसँग कुखुराले प्रतिवाद गर्यो। निरन्तर सर्प बिरुद्ध जाइलागेको कुखुराले अन्तत युद्ध जित्यो र सर्पलाई कहिल्यै नहेर्ने गरी लखेट्यो । त्यो दृश्य साराले आफ्नो क्यामेरामा केद गरिरहेकी थिइन् । जुन दृश्यहरु अहिले भाइरल बनिरहेका छन् ।
Comments
Post a Comment