पिएनपिखबर, भक्तपुर : श्रावणको पवित्र महिना चलिरहेको छ। शिवका भक्तजनहरु आज श्रावणको तेस्रो सोमबारको दिन शिवको व्रत बस्ने, पुजाआजा गर्न विभिन्न मठ मन्दिर जाने गर्दछन। श्रावणको महिनामा भगवान शिवको विशेष पुजाले हर मनोकमना पुरा हुने विश्वास रहेको छ। यस विशेष महिनामा भगवान शिवलाई प्रसन्न पार्नको लागि कयौ खालको उपाय अपनाउन सकिन्छ। जसले कुण्डलीमा लागेको दोष पनि समाप्त हुने गर्छ।
यस्ता छन उपायहरु....
श्रावणमा भगवान शिवलाई काँचो चामल चढाउनाले धन लाभ हुन्छ।
भगवान शिवलाई तिल चढाउनाले पापको नाश हुन्छ।
शिवलाई जौ अर्पित गर्नाले सुख वृद्धि हुन्छ।
शिवलाई गहु अर्पित गर्नाले सन्तान वृद्धि हुन्छ।
Comments
Post a Comment