सिंहदरवारमा अर्धनग्न प्रदर्शन गरेका बिकिन लिम्बु भन्छन, 'गाई खानेले खान पाउनुपर्छ, पुज्नेले पुज्न पाउनुपर्छ' [भिडियो]
सबै जनावर समान रहेकोले गाईलाई राष्ट्रिय जनावरबाट बदर माग गर्दै उनी धर्ना बसेका थिए । अर्धनग्न भएर धर्नामा बस्न खोजेका उनलाई त्यहाँ नपुग्दै प्रहरीले धरपकरड गरेर पक्राउ गरेको थियो । धर्नाको क्रममा उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए ।
पिएनपिखबरसँग कुरा गर्दै 'गाई खानेले खान पाउनुपर्छ र पुज्नेले पुज्न पाउनुपर्छ' भन्दै उनले नेपालमा एक सिंगे गैंडालाई राष्ट्रिय जनावर बनाउनुपर्ने बताए। सरकार पक्षले आफ्नो मागलाई वेवास्ता गरे थप कार्यक्रम तय गर्ने समेत उनले स्पष्ट पारे । आगामी दिनमा राष्ट्रिय जनावरको बिषयमा मात्र नभई समग्र राष्ट्रको हितमा काम गर्न कुनै कसर बाँकी नराख्ने समेत उनले दावी गरे ।
हेर्नुस भिडियो:
Comments
Post a Comment