जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीमा आइतबार पहिरोमा परी बेपत्ता भएका नलगाड नगरपालिका–३ का १२ वर्षीय गोविन्द परियारको शव आज फेला परेको छ । घटनाको छैटाँै दिन उहाँको शव फेला परेको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए । गत आइतबार पहिरोमा पुरिएका आठको शव निकालिसकेको छ ।
पहिरोमा बेपत्ता भएका गोविन्द नभेटिएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेका थिए । घरमा गृहकार्य गरिरहेको बेला आइतबार बिहान आएको पहिरोले उनलाई घरसँगै पुरेको थियो । उनका भाइ गोविन्दको पनि पहिरोमा परी मृत्यु भएको थियो ।
आमाबाबु सानैमा गुमाएका उनीहरु दिदीसँग सदरमुकामस्थित गोपाल सुनारको घरमा भाडामा बस्दै आएका थिए । मृतककी दिदी काममा गएकी र भाइ पानी लिन गएकाले उनीहरु बाँच्न सफल भएका थिए । पहिरोमा पुरिएका एकलाई भने जीवितै उद्धार गरिएको थियो । पहिरोमा परी आठ बालबालिकासहित नौको ज्यान गएको छ ।
Comments
Post a Comment