पुरुषलाई भन्दा महिलालाई ६ गुना बढी यौनरुची हुन्छ तर हामी आफ्नो प्यास मेटाउन अरुलाई सिकार बनाउँदैनन्

पुरुषलाई भन्दा महिलालाई ६ गुना बढी यौनरुची हुन्छ, भनिन्छ । तर, महिलाहरु पुरुषजस्तो उग्र हुँदैनन् । अनियन्त्रित हुँदैनन् । आफ्नो प्यास मेटाउनका लागि अरुलाई सिकार बनाउँदैनन् ।
के तपाईंले अहिलेसम्म कुनै महिलाले पुरुषलाई बलात्कार गर्‍यो भन्ने सुन्नुभएको छ ?यौन एक जैविक आवश्यकता हो। दोहोर्‍याइरहनु नपर्ला, यो प्राकृतिक र अपरिहार्य पनि हो । तर, पुरुषहरु यौनमा किन यत्ति गतिछाडा हुन्छन् ? के यौनप्यास उनीहरुलाई मात्र हुन्छ ? उनीहरुले मात्र मेटाउनुपर्छ ?
महिलाहरु आफ्नो यौन-उत्तेजना आफै व्यवस्थापन गर्छन् । उनीहरु यौन प्यास मेटाउनका लागि बच्चा वा किशोरको बाटो ढुकेर बस्दैनन् । सार्वजनिक स्थानमा राम्रो केटा देख्नसाथ लहसिदै हिँड्दैनन् पनि । सुनेकी छु, महिलाहरुले आफ्नो यौन-उत्तेजनालाई आफ्नै अंग हेरेर शान्त तुल्याउँछ रे । भिडियो हेर्नुहोस

Comments