
नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल International Franchise Singing Reality Show नेपाल आइडलको प्रतिक्षा समाप्त भएको छ । नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण नेपाल आइडल २, AP1 HD आज साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार दुइदिन राती ८ः३० देखि प्रसारण हुदैछ ।अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मा संग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् ।
नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्धलामाले पहिलो स्थान प्रप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।
नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्रप्त गर्न सफल बिजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपेका थिए । आफुले गाएका गीतहरुको भिडियो प्रसारण हुने बित्तिकै ट्रेन्डीङ मा पर्ने गरे बाट आइडलका बिजेताहरुको ख्याती प्रमाणित गर्दछ ।
Comments
Post a Comment